प्रचण्डलाई सुकुटे रिसोर्टको मिष्ठान भोजन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा रहेको एउटा रिसोर्टमा मिष्ठानन्न खाना खुवाइएको छ ।

बेलाबेला परिवारसहित सुकुटेको रिसोर्टमा रमाइलो गर्न जाने गरेका दाहाललाई सोही रिसोर्टमा बुधबार खाना खुवाइएको हो । खानपिनको बन्दोबस्ती सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपाका सांसद अग्निप्रसाद सापकोटाले गरेका हुन् ।

सिन्धुपाल्चोक जिल्लाको कुबिन्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन पुगेका दाहालसहितको टिमलाई रिसोर्टमा खाना खुवाइएको हो ।

दाहाल शारीरिक तथा मानसिक तनाव बढेपछि सिन्धुपाल्चोकस्थित सुकुटेमा जाने गरेका छन् ।

धेरैले रिफ्रेस हुन सुकुटेको पुगेको हुनसक्ने अनुमान लगाएपनि दाहाल त्यहाँ विद्यायलको वार्षिक उत्सवमा सहभागी मात्रै गएको जनाइएको छ ।

Published : Wednesday, 2019 February 6, 10:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया