डा.केसीविरुद्ध दम्भ र अहंकार नदेखाउन कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् नेता डा.मीनेन्द्र रिजालले दुई तिहाइको प्रयोग जनताको पक्षमा प्रयोग गर्न सत्तापक्षलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद डा.रिजालले दुई तिहाइ छभन्दैमा दम्भ र अहंकार नदेखाउन सत्तापक्षलाई चेतावनी दिए । उनले संसद सरकार उत्तपत्ति र विघटनको थलो मात्र नभएको भन्दै संसद उत्तरदायी बनाउने थलो भएको बताए ।
डा.रिजालले डा.गोविन्द केसीको विरुद्धमा दुई तिहाइ प्रयोग गर्नु अशोभनीय भएको बताए ।
‘एउटा अनशनकारी चिकित्सा शिक्षाको सुधारको लागि ज्यान दिन तयार छ’, उनले भने, ‘सरकार उनको विरुद्ध दुई तिहाइ प्रयोग गर्छ । के एउटा अनशनकारीविरुद्ध दुई तिहाइ थियो ?’
डा.गोविन्द केसीसँग कुरा गर्दा दुई तिहाइको शिर नझुक्ने डा.रिजालले बताए ।
नेपाली कांग्रेसका सांसद डा.रिजालले निर्मला पन्तका हत्यारा अझै पत्ता लगाउन नसकेकोमा पनि आक्रोश व्यक्त गरे ।
‘निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन सकेको छैन’, उनले भने, ‘गृहमन्त्री पाठ सिकाउनु हुन्छ इन्टरनेटमा यस्तो उस्तो बन्द गर्छु भनेर ।’
उनले प्रमुख प्रतिपक्षी दलका नेता बिनै संवैधानिक परिषदले नियुक्तिका काम गरेको बताए । ‘सरकार ठीक बाटोमा छैन’, उनले भने ।
कांग्रेसका सांसद रिजालले सभामुख कृष्णबहादुर महरालाई सभाको अनुहार बन्न सुझाव दिए । ‘सभाको सञ्चालनमा दुवै पक्षको आवाज सुन्नुपर्छ’, उनले भने, ‘प्रतिपक्षलाई पेलेर मात्र बैठक बस्न सक्दैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत