कांग्रेस सभापति देउवाले डा.केसीलाई भेट्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा क्षेत्रको सुधार माग गरेर अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने भएका छन् ।
सभापति देउवा डा.केसी अनशन बसेको स्थान त्रिवि शिक्षण अस्पताल गएर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने भएका हुन् । देउवा डा.केसीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिन मध्यान्ह १२ बजे शिक्षण अस्पताल जानेछन् ।
२३ दिनदेखि अनशनमा रहेका डा.केसीलाई विभिन्न क्षेत्रका व्यक्तिहरूले भेट गरेर ऐक्यवद्धता जनाएका छन् ।
चिकित्सा शिक्षा विधेयकमा आफूसँग गरिएको सम्झौता तोडमोड गरिएको भन्दै डा.केसी १६ औँ सत्याग्रहमा छन् ।
राष्ट्रियसभाको बैठकले बिहीबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कम्युनिस्ट सरकारको तयारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत