नुवाकोटमा नेविसंघले बाल्यो कम्युनिस्ट सरकारविरुद्ध मसाल

विदुर । कम्युनिस्ट सरकारविरुद्ध नेपाल विद्यार्थी संघले नुवाकोट जिल्लामा मसाल जुलुस र कोण सभा आयोजना गरेको छ ।

बुधबार साँझ नेविसंघले मसाल जुलुस र कोण सभा आयोजना गरेको हो । नेविसंघको मसाल जुलुस र कोण सभा रोक्न जम्मा भएका सुरक्षाकर्मीलाई झुक्काएर कार्यक्रम गरिएको नुवाकोट नेविसंघका सचिव शंकर पाण्डेले जानकारी दिए ।

पाण्डेकै नेतृत्वमा विदुर नगरपालिकाको वडा नं. १ ढुङ्गेबाट निस्किएको मसाल जुलुसले सशस्त्र प्रहरी र नेपाल प्रहरीको घेरा तोडेर लोकतान्त्रिक चौतारासम्म मसाल जुलुससहित कोणसभा गरिएको थियो ।

प्रहरीले नेविसंघको मसाल खोस्न खोजेको थियो । तर, नेविसंघले सुरक्षाकर्मीको घेरा तोडेर कम्युनिस्ट सरकारविरुद्ध मसाल जुलुस निकालेका थिए ।

मसाल जुलुसको समापन कार्यक्रममा कांग्रेस नुवाकोटका प्रवक्ता राजु थापा, नेविसंघ नुवाकोटका सचिव शंकर पाण्डे, कांग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारी सम्बोधन गरेका थिए ।

उनीहरूले कम्युनिस्ट सरकारको अधिनायकवाद विरुद्ध आन्दोलन गर्नु परेको बताएका थिए ।

नेविसंघको केन्द्रीय कार्यक्रम अनुसार बिहीबार नुवाकोटको सबै स्थानीयतहमा नेविसंघको नेतृत्वमा मसाल जुलुस सहित बिरोध र्‍याली निकाल्ने कार्यक्रम रहेको छ ।

Published : Wednesday, 2019 January 30, 9:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया