वाइड बडी घोटालाबारे पौडेलको नयाँ प्रक्षेपणले आशंका जन्मायो
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइड बडी विमान खरिदमा भएको अनियमितता ढाकछोप गर्न कम्युनिस्ट सरकारले छानविन समिति बनएको आरोप लगाएका छन् ।
तनहुँको दुलेगौंडामा शनिबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले संसदले छानविन गरिरहेको अवस्थामा सरकारले अर्को छानविन समिति बनाएर ढाकछोप गर्न लागेको बताएका हुन् ।
कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिलाई अपमान गरेको पौडेलले बताए ।
वरिष्ठ नेता पौडेलले राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर, ठूला–ठूला काण्डमा सँगै हुने त होइनन् भनी शंका व्यक्त गरेका छन् ।
पौडेलले नेपाली कांग्रेसको महासमितिको बैठकपछि देशभर पार्टी एक भएको सन्देश गएको बेलामा फेरि पार्टीमा लफडाको तयारी भएको बताएका छन् । कांग्रेसभित्र कसले र कुन नेताले लफडा गरेको हो उनले केही बताएनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत