बहुमत हुँदाहुँदै एक्लियो प्रदेश दुईको सरकार, मन्त्री हटाउन कांग्रेसको दवाव
जनकपुर । नेपाली कांग्रेस धनुषाले प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई बर्खास्त गर्न माग गरेको छ ।
कर्मचारी कुट्ने मन्त्री यादवको क्रियाकलाप लोकतन्त्र र विधिको शासनविपरीत भएको भन्दै कांग्रेस धनुषाले उनलाई हटाउन माग गरेको हो ।
बुधबार प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र धनुषाका सभापति महेशशंकर गिरीले मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका हुन् ।
‘मन्त्रीले सचिवलाई आफ्नै कार्यकक्षमा बोलाएर कुट्नु आपराधिक घटना हो । विधिको शासनविपरीत हो अनि समाजमा भय, त्रास, सिर्जना गर्ने काम हो’, कांग्रेस केन्द्रीय सदस्य जोशीले भने, ‘यस्तो मन्त्रीमाथि कारबाही हुनै पर्दछ ।’
कांग्रेस धनुषाका सभापति गिरीले कर्मचारीहरुले थालेको आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको बताएका छन् । उनका अनुसार सोही विषयमा पार्टीको आधिकारिक धारणा बनाउन बुधबार जिल्ला कमिटीको बैठक बोलाइएको छ ।
नेकपाका प्रदेश इन्चार्ज तथा प्रदेश २ संसद्का वरिष्ठ नेता सत्यनारायण मण्डलले मन्त्री र सचिव बीचको झगडालाई प्रदेशलाई बदनाम गराएको दुखद् घटनाको संज्ञा दिएका छन् । उनले भने, ‘यो घटना दुखद् हो । प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । समितिको प्रतिवेदनपश्चात् पार्टीको आधिकारिक धारणा आउँछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत