दक्षिणी अस्ट्रेलियाको एडिलेडमा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अस्ट्रेलियामा एकजना नेपाली विद्यार्थीको समुद्र किनारमा शव भएको छ ।

बिहीबारदेखि हराइरहेका निश्चल घिमिरेको शव स्थानीय समुन्द्र किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

तीन वर्षअघि विद्यार्थी भिसामा दक्षिण अस्ट्रेलियाको एडिलेडमा आएका घिमिरे बिहीबारदेखि बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार उनलाई शुक्रवार साँझ स्थानीय सामुन्द्रिक किनार वेस्टबीचमा मृत भेटिएको थियो ।

आफूले रेखदेख गर्ने बच्चाको साथमा स्थानीय समुद्र किनारमा गएका घिमिरेसँग गएका बच्चा सुरक्षित फर्किएका थिए । घिमिरे भने नफर्किएको प्रहरीले जनाएको छ ।

काठमाडौं निवासी २२ वर्षीय घिमिरे इक्वेल्स इन्स्टिच्युटमा नर्सिङ विषयमा डिप्लोमा अध्ययन गरिरहेका थिए ।

क्यानबेरास्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै आफूहरूले आवश्यक सहयोग पुर्‍याउन तयार रहेको जनाएको छ ।

घटनाबारे नेपालमा रहेका परिवारलाई जानकारी गराइएको र उनका दाजु अस्ट्रेलिया आएपछि शवको अन्तिम संस्कार हुनेछ ।

Published : Tuesday, 2019 January 1, 10:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया