सभापति देउवाद्वारा तमु जातिलाई शुभकामना प्रदान
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले तमु जातिले नयाँ वर्षका रुपमा मनाउने ल्होसारले धर्म, संस्कृति, रीति रिवाज र परम्पराको संरक्षणमा सहयोग पुगाएको बताएका छन् ।
कांग्रेसका सभापति देउवाले ल्होसार पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘यो पर्वले नेपाली समाजमा सद्भावना बढाउदै आउनुका साथै मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु ।’
देउवाले तमु ल्होसारले सबैको घरपरिवारमा सुख, शान्ति ल्याओस् भन्दै यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत