मलेसियामा दुई नेपाली कामदारको मृत्यु

काठमाडौं । मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगर रहेका छन ।

उनीहरूको बिहीबार बिहान रासायनिक ट्यांकी सफा गर्ने क्रममा मृत्यु भएको थियो ।

उनीहरूको रसायनको गन्धले बेहोस भएका यादव ट्यांकीभित्र खसेका थिए । यादवलाई उद्धार गर्ने क्रममा मगर पनि बेहोस भएका थिए ।

रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरूको मृत्यु भएको कम्पनीमा कार्यरत हीरालाल तामाङले जानकारी दिएका छन ।

कामदारको सुरक्षा हुनुपर्ने, मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर कामदारहरूले कम्पनीमा हडताल समेत गरेका छन् ।

Published : Friday, 2018 December 28, 1:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया