यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
यो मानव खप्पर अभागी नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो, जो सन ९ देखि २३ सम्म चीनको सम्राट बने। हान बंशमा सम्राट हुने मानिस थिएनन्, एक बर्षका दुधे बालकलाइ गद्दिमा राखियो। गद्दीमा के बस्न सक्थे, आमाका काखम बस्ता पनि बालक त रुने नै भयो ।
१. वाङ्ग माङ्ग सरल जीवन, सामन्य लुगा र सादा खाना खाने कन्फुसियसको “दाथोङ्ग” (सबैको भलो र समता) सिद्धान्तका अनुयायी थिए । उनी बालक सम्राटका राजप्रतिनिधि नियुक्त भएका थिए ।
२. “नागरिकले दुख पाए, सिमाना सुरक्षित छैन, भ्रष्टाचार बढेको छ र कुलिनहरू किसानका जग्गा हडपिरहेका छ्न । अब आफैं सम्राट बन्नुहोस र नागरिकको बोझ हटाउनुहोस”- सबैले अनुरोध गरे र उनलाई सम्राट बनाए । उनले माने र “सिन (नयाँ) बंशको सुरुवात गरे । यो कथा २००० बर्ष पुरानो हो ।
३. “वाङ्ग माङ्गले सम्राट भएपछि जमीन राष्ट्रियकरण गरे। दास प्रथा अन्त गरे। नुन र फलाममा राज्यको एकलौटी अधिकार स्थापित गरे। नयाँ मुद्रा चलाए । किसानलाई निर्ब्याजी ॠण दिन बैंक स्थापना गरे ।” उन्ले भनें “म धनीले गरिबलाई धुलोमा पछार्न दिन्न।” कुलिन सामन्त र भ्रष्ट कर्मचारीको निद्रा गायब भयो । उनीहरू कपट गर्न थाले ।
३. पहेलों नदीमा बाढी आयो र बाटो बदल्यो । हजारौं नागरिकको मृत्यु भयो । तब कुलिनहरूले एउटा संकथन अफवाह प्रचार गरे । ” दैव (स्वर्ग-थियान) ले वाङ्ग माङ्गलाई जनादेश दिन मानेनन्, त्यसैले बाढी आयो । यो अन्धबिस्वा आगो झै फैलियो । अन्ततः जस्का लागि उनी काम गर्दै थिए, तिनै नागरिक आएर उन्को हत्या गरे।” यिनलाई चीनका पहिला समाजवादी सम्राट भनिन्छ । यो खप्परको तस्बिर उनको हो । यो खप्परलाई पछिल्लो हान साम्राज्यले ट्रफी बनाएर दरबारको छ्लफल हलमा राख्यो । यो कुलिनहरूको सावधान गर्ने संकेत थियो, “होस गर कुलिनको बिरोध गर्नेको हालत यस्तै हुनेछ ।”
४. अहिले खेत रोप्ने समय छ मल छैन । तरकारी उत्पादन गर्नेको बजार छैन । किसानलाई १० रुपियाँ, उपभोक्तालाई ६५ रुपियाँ। बाँकी बिचौलियाको । खेती गर्दा किसानको टाट पल्टिन्छ । एक कट्ठमा धान खेती गर्दाको श्रम बाहेकको खर्च २५ सय रुपियाँ, बिक्री गर्नुपर्ने तीन हजारमा। एक किलो धानको ३० रुपियाँ अनि एक किलो आयाती चामलको १०० रुपियाँ कम्तिमा।
५. मानिसलाई गाउँमा रोजगारी छैन । अनि छोराछोरीको भविस्य बनाउन शहर पस्नुपर्ने बाध्यता । छाप्रो हालेर खाली जग्गामा बस्यो, उस्को जात भयो सुकुम्बासी । अनि कुलिनहरूले वाङ्ग माङ्गका विरुद्ध गरेजस्तै संकथन बनाए शहरिया धनी र भ्रमको कमन्ड्लु बोकेकाले “यि सुकुम्बासी होइन हुकुमबासी हुन् । यिनको जग्गा छ गाउँमा । “हो छ तर, त्यस्ले छोराछोरी पढाउन पुग्दैन, स्वास्थ उपचार गर्न पुग्दैन । यि अभागी रोजगारहिनको शहर पस्नुपर्ने बाध्यता छ । यि शहरमा छाप्रो हाल्न आएका होइनन्, भविस्यको अवसर खोज्न आएका, तल्लो आर्थिक बर्गका ४० प्रतिशतभित्रका मानिस हुन् । नेपाली हुन् । ६० लाख छन् । यिनको पनि “खप्पर ट्र्फी बनाएर कार्यलयतिर राखेरफेरि छाप्रो हाल्यौ भने यस्तै हुन्छ भन्दिए भाग्थेकि ?” तर, ख्याल राखौं यो देशको उत्पादन र निर्माण गर्ने जनशक्ति, रेमिटेन्स कमाएर ल्याउने जनशक्ति, कालो चिया बोक्ने र अफिस पुछ्ने जनशक्तिको श्रोत यहि बर्गका मानिस हुन् । उनीहरूको मानवीय ब्यवस्थापन गर्ने उपाए छ, बस खोज्ने चाहना हुनुपर्छ ।
(अधिवक्ता युवराज संग्रौलाको सामाजिक सञ्जालबाट साभार)
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया