झुठ बोल्ने कम्युनिस्ट मन्त्रीलाई कांग्रेसको र्याखर्याख्ती, शिर झुक्यो
काठमाडौं । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो भनेर जनता र संसदमा ढाँट्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको आलोचना गरेका छन् ।
राष्ट्रिय सभामा बुधबार बोल्दै नेता पाण्डेले रक्षामन्त्री पोखरेलसँग निर्मलाका हत्यारा खोइ भन्दै प्रश्न गरेका हुन् ।
उपप्रधानमन्त्री पोखरेलले निर्मलाका हत्यारा पत्ता लागिसक्यो भनेर बयान दिएका थिए ।
‘निर्मलाका हत्यारा छिटै सार्वजानिक गर्छौं । हत्यारा सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरुले छाता ओढाउन नआउनुहोला’ भनेको पोखरेलको प्रसंग निकाल्दै कांग्रेस नेता पाण्डेले निर्मलाको हत्यारा खोइ भनेर प्रश्न गरे ।
‘उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलजीले केही समयअघि भन्नुभयो, निर्मलाको हत्यारा पत्ता लागिसक्यो । छिटै सार्वजानिक गर्नेछौं । राजनीतिक ध्येय बोकेकाहरुले छाता ओढाउन नआउनुहोला’, पाण्डेले पोखरेललाई आफ्नो भनाइ सम्झाउँदै भने, ‘त्यसको १५ दिनपछि आइजिपीले पत्रकार सम्मेलनमा हत्यारा अझै पत्ता लागिसकेको छैन भन्नुभयो ।’
कांग्रेसका नेता पाण्डेले छाता ओढाउलान् भनेर हिजो आशंका गर्ने उपप्रधामन्त्रीले हत्यारा अहिलेसम्म सार्वजानिक नगरी किन लुकाएको भन्दै प्रश्न गरेका छन् ।
‘पत्ता लगाएको हत्यारालाई किन सरकार आफैंले छाता ओढाएर लुकाइराखेको छ ?’, उनले भने, ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्री वा आइजिपीले यसबारे जवाफ दिनुपर्छ । जनतालाई गुमराहमा राख्न पाइँदैन ।’
उनले निर्मलाको हत्यारा पत्ता नलागेको भए गैरजिम्मेवार अभिव्यक्ति दिएका उपप्रधान तथा रक्षामन्त्री पोखरेलले राजीनामा दिनुपर्ने माग गरे । ‘राज्य, मुलुक वा जनतालाई दिनदहाडै यसरी ढाँट्न पाइन्छ ?’, पाण्डेलले भने, ‘गैरजिम्मेवार अभिव्यक्ति दिनेले पदमा बस्न सुहाउन्न ।’
निर्मलाको हत्यारा पत्ता लगाउन दबाब दिनेहरुलाई सरकारले गिरफ्तार गरेर दुःख दिएको उनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत