सभापति रवि लामिछानेले नै आफूविरुद्ध गुटबन्दी गरेको मनीष झाको संकेत
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री पदका उम्मेदवार मनीष झाले आफूविरुद्ध गुटबन्दी भएको भन्दै कारबाही गर्न माग गरेका छन् ।
शुक्रबार भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै पदाधिकारी चुनावको क्रममा चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले भने, ‘म यहीँबाट सभापतिज्यू यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्दिनुस् न भनेर अनुरोध गर्दछु ।’ उनले आफूविरुद्ध महामन्त्रीमा गुटबन्दी भएको संकेत गरेका छन् ।
झाले पार्टीमा समूहगत अभ्यास गर्ने विषय सभापतिकै अभिव्यक्ति विपरीत भएको बताएका छन् । उनले भने, ‘पार्टीमा समूहगत अभ्यास गर्नु हाम्रो सभापतिको अभिव्यक्तिविपरीतको कार्य हो । रवि दाइले चितवनमै आएर कसैलाई पनि समूहगत राजनीतिक अभ्यासहरू नगर्नु भन्नुभएको थियो ।’
‘तर उहाँकै छाँयामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी नभएको हुन सक्छ,’ झाले भने, ‘कति नेताहरूले उहाँको नाम बदनाम गरेका हुन सक्छन् ।’
आफूले सधैँ धेरै कुराको त्याग गरे पनि अहिले घेराबन्दी भएको उनले बताए । ‘पार्टीमा सहमति गर्नु सधैँ त्याग हुँदैन । सहमति भनेको त कहिलेकाहीँ प्राप्ति गर्नु पनि हो । तर कसैको राजनीतिक सहमति किन सधैँ त्याग मात्रै हुने गर्छ,’ उनले भने ।
‘सरकारमा मन्त्रीमा लोभ छैन पाँच वर्षसम्म पार्टी मन्त्रालयमा दाबी नगरी पार्टीमा काम गर्न चाहन्छु भन्ने मेरो कुरा हो,’ उनले भने, ‘किनकि पार्टीमा धेरै संरचनामा सुधार गर्नुपर्नेछ । यसैले यो पदमा दाबी गरेको हुँ ।’
‘म उठेको पदमा नेताहरू एकजुट भएर लागेको भन्ने कुरा आएपछि सभापतिलाई यस्तो आग्रह गरेको हुँ,’ उनले भने ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया