विपिन, सोवितासहित रास्वपामा ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यमा निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । शुक्रबार रास्वपा निर्वाचन आयोगले निर्वाचित हुने सबै ९९ उम्मेदवारको सूची प्रकाशित गरेको हो ।

निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् ।

रास्वपाको आइतबारदेखि महाधिवेशन जारी छ । आन्तरिक व्यवस्थामा भएको कठिनाइका कारण महाधिवेशन लम्बिएको छ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवशनको दोश्रो चरणको बन्द सत्र अन्तर्गतको केन्द्रीय समितिका सदस्यहरू चयन गर्नका लागि सञ्चालित (इलेक्ट्रोनिक तथा प्रवास अनलाइन) निर्वाचनमा विभिन्न सदस्यहरू पार्टीको केन्द्रीय समित सदस्यहरूमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय खुलातर्फ डा. स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा. तोसिमा कार्की, रञ्जु दर्शना, मनीष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिनकुमार आचार्य, रमेश प्रसाई, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल, सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, सस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम साह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी, लीमा अधिकारी आचार्य, सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लिश्वोर कार्की (रोहन), प्रकृति ढकाल, टीका संग्रौला, क्रान्तिशिखा धिताल, जमुना शर्मा, सुशीला कार्की पोखरेल, मिलन लिम्बु, शकर श्रेष्ठ, मिङ्गा डण्डु शेर्पा, महेश लामा, कृष्णमान श्रेष्ठ, आशिका तामाङ्ग, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ, कुशुम महर्जन निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट निशा मेहता, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा, सुजाता तामाङ, मधेश प्रदेशबाट सुस्मा बस्नेत, सुनिताकुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह, अंकितकुमार यादव, बागमती प्रदेशबाट प्रभा ढकाल, विदुशी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ, पार्वती थापा, गण्डकी प्रदेशबाट पवित्रा थापा, मनीष खनाल, सागर भुसाल, सोम शर्मा, विष्णुकुमारी गुरुङ (एकता), लुम्बिनी प्रदेशबाट कल्पना पाण्डे, संगीता ढकाल, ज्ञानु पौड्याल, देवराज पाठक, शर्मिला खनाल, कर्णाली प्रदेशबाट सीता बादी, विनिता कठायत, टासी ल्हाङ्गजोम, मेनुका शाही, प्रकाश न्यौपाने तथा सुदूरपश्चिम प्रदेशबाट हेमराज थापा, के.पी. खनाल, दीपकराज बोहरा, जानिका जोशी, चन्द्रा ऐर चाँदनी निर्वाचित भएका छन् ।

करिष्मा कठरिया, अशोककुमार चौधरी, बब्लु गुप्ता, अरविन्द साह, दीपककुमार साह, जुली यादव, कामिनीकुमारी चौधरी, विजय जैरु, शिव नेपाली, सविना बि.क., खिमा बि.क., समिना मिया, रहबर अंसारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

Published : Friday, 2026 June 26, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया