कांग्रेस भाँडमा जाओस् मतलब भएन, गगन र उनकी पत्नीको खुसीमा कमी हुनु भएन
काठमाडौं । भृकुटीमण्डपको भेलालाई कथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस हाइज्याक गरेर सभापति बनेका गगनकुमार थापाले पत्नी अञ्जना के.सी.का साथ मोजमस्ती र रमाइलो गरेको तस्बिर सेयर गरेका छन् ।
बिहीबार गगनले सामाजिक सञ्जालमा पत्नी र आफू पुरानो खालको स्कुटर वाला साइकलमा चढेको तस्बिर सेयर गरेका छन् । तस्बिरसँगै उनले गीत पनि राखेका छन् ।
नेपाली कांग्रेसलाई तहस नहस बनाएर आधाभन्दा धेरै क्रियाशील सदस्यहरूलाई पार्टीबाट अघोषित रुपमा निकालेका गगनले पत्नीलाई खुसी बनाउन साइकलमा चढेको तस्बिर खिचेर सेयर गरेका छन् ।
कांग्रेस पार्टी भाँडमा जाओस् गगनलाई कुनै चिन्ता र चासो छैन । झापामा दुई दिन अगाडि सम्बोधनका क्रममा क्रियाशील सदस्यता अध्यावधि नगर्नेहरूलाई कांग्रेसले नचिन्ने भन्दै पार्टीबाट अघोषित रुपमा निकालेको सन्देश दिएका थिए । १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गराएका देशभरिका क्रियाशील सदस्यहरूलाई गगनले अध्यावधिका नाममा १५औँ महाधिवेशनमा रोक्ने प्रयासहरू गरिरहेका छन् ।
नवीकरण भएका क्रियाशील सदस्यहरूलाई १५औँ महाधिवेशनमा सहभागी हुन दिने हो भने गगनलाई ती क्रियाशील सदस्यहरूले औकात देखाइदिने छन् । गगनले सभापतिमा त जित्लान् । तर, उनको कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरूको लज्जाजनक हार हुनेछ ।
कांग्रेसमा असन्तुष्ट पक्षका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा समेट्न गगनले कुनै पहल र प्रयासहरू गरेका छैनन् । बरु अनुशासनको नाममा नेताहरूलाई धमाधम कारबाही गरेर पार्टीबाट निकालेका छन् । गगनको यो हर्कतले कांग्रेस बलियो हुनेछैन । बरु कमजोर हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया