पूर्वअर्थमन्त्री पौडेललाई तत्काल छाड्न सर्वोच्च अदालतद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई तत्कालका लागि रिहा गर्न अस्वीकार गरेको छ ।

बिहीबार सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै पौडेललाई तत्काल रिहा गर्न अस्वीकार गरेको हो । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चको आदेशसँगै पौडेललाई धक्का लागेको छ ।

पूर्वअर्थमन्त्री पौडेल सम्पत्ति शुद्धीकरणको मुद्दामा असार ८ गते पक्राउ परेका थिए । विशेष अदालतले उनलाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न ९ गते अनुमति दिएको छ ।

एमाले उपाध्यक्ष पौडेललाई रिहा गर्न माग गर्दै उनकी पत्नी दोमाया पौडेल बन्दी प्रत्यक्षीकरणको रिट लिएर बुधबार सर्वोच्च अदालत पुगेकी थिइन् ।

Published : Thursday, 2026 June 25, 4:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया