गृहमन्त्रीले गुन्डा सफाया अभियान चलाइरहेका बेला दमौलीमा सोमको ग्याङ सक्रिय, पुलिसले जाहेरी नै लिएन
दमौली । गृहमन्त्री सुधन गुरुङले काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा टोले गुन्डाहरूको सफाया गरिरहेका बेला तनहुँमा टोले गुन्डाहरूको गिरोहले आतंक मच्चाइरहेको छ ।
गत फागुन १५ गते दमौलीको डायमण्ड रेस्टुरेन्टमा तरवार र खुकुरी प्रहार गर्ने समूहले दमौलीमा फेरि अपराध शुरु गरेको छ । यो समूह दमौलीमा विभिन्न अपराधका घटनामा जोडिदै आएको छ । राजनीतिक संरक्षणले गुण्डागर्दी र अपराधहरू गर्दै आएको यो समूहलाई प्रहरी प्रशासनले समेत काखी च्यापेको आरोपहरू बेलाबेला लाग्दै आएको छ ।
मंगलबार दिउँसो करीव १/२ बजेतिर दमौलीको ब्रदर्श क्याफे अगाडि कुख्यात टोले गुन्डा सोम गुरुङ र विजय पुनको समूहले सन्तोष सुनारलाई कुटपिट गरेको छ । पीडित सन्तोष सुनारले आफूलाई सोम गुरुङ र विजय पुनसहितको ४/५ जनाको समूहले सडकमा लतारी लतारी कुटपिट गर्नुका साथै रडले खुट्टा, टाउको लगायतका स्थानमा कुटपिट गरेको बताएका छन् । सन्तोष सुनारले आफूलाई कुटपिट भएको सीसीटीभी भिडियोमा समेत देख्न सकिने बताए । कुटपिटबाट गम्भीर घाइते भएका सुनार उपचारका लागि पोखरा गएका छन् । पोखरामा रहेको मेट्रो सिटी हस्पिटलमा उपचारका लागि आएको सन्तोष सुनारले बताए । कुटपिटबाट घाइते भएका सन्तोष सुनारकी आमा बुद्धिमाया बि.क. बुधबार जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय, तनहुँ गएकी थिइन् । प्रहरीले जाहेरी लिन अस्वीकार गरेको पीडित पक्षले आरोप लगाएका छन् । आफूहरूको जाहेरी लिन प्रहरीले नमानेपछि सहयोगका लागि मिडियामा आएको घाइते सन्तोष सुनारले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी टेकबहादुर कार्कीले सन्तोष सुनारलाई कुटपिट भएको घटनाका बारेमा अनुसन्धन गर्ने बताएका छन् । उनले पीडित पक्षलाई जोहरी लिएर आउन आग्रह गरेका छन् । मंगलबार कुटपिट भएको घटनाको जोहरी बुधबार पीडित सन्तोष सुनारकी आमाले लिएर आउँदा तनहुँ प्रहरीले जाहेरी लिन मानेनन नि भन्ने प्रश्नको जवाफमा एसपी कार्कीले बुझेर कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
मंगलबार दमौलीको एप्रिला स्कुटीको शो रुपमा नजिकै मोटरसाइकल धुन गएका बेला सन्तोष सुनारलाई सोम गुरुङ(नाइके), विजय पुन, बिष्ने (पूरा नाम थाहा नभएको), सोहित मियाँ, सञ्जोग मल्ल र अर्का एकजना (नाम नखुलेको)ले आफूलाई गम्भीर घाइते हुने गरेर सडकमा लतारी लतारी कुटपिट गरिएको बताए । सन्तोष सुनारलाई कुटपिट गर्ने विजय पुन गुण्डा नाइके सोम गुरुङका सहयोग हुन् । सोम गुरुङले नै ग्याङ चलाउने गरेका छन् ।
गुण्डा नाइके सोम गुरुङको निर्देशनमा टोले गुन्डा विजय पुनहरू ब्रदर्श क्याफेमा बसेका थिए । सोही क्याफेमा सन्तोष सुनारलाई बोलाएर कुटपिट भएको थियो । सन्तोष सुनारसँगै रहेका उनका साथी पवी क्षेत्रीलाई भने गुण्डा नाइके सोम गुरुङ र विजय पुनको समूहले केही गरेको छैन । सन्तोष सुनारले सोम गुरुङले पनि आफूलाई गम्भीर घाइते हुने गरेर कुटपिट गरेको बताए । सोम र विजयले धेरै कुटपिट गरेको सन्तोष सुनारले बताए ।
गत माघ १५ गते दमौलीको डायमन्ड रेस्टुरेन्टमा खाजा खाइरहेका आयुष परियार, अभिषेक बि.क. र प्रदीप सुनारलाई खेम गुरुङको नेतृत्वमा आएको समूहले खुकुरीसहितका हातहतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । त्यस क्रममा खेम गुरुङको समूहमा सुवास गुरुङ, बाबुराम धोती भन्ने बाबुलाल साह, ज्योति रोका, सुकुम्बासी भोटे भन्ने विजय पुन लगायतका समूहले खुकुरीसहितका हातहतियारले कुटपिट गरेको थियो । सो घटनामा संलग्न उनीहरू धरौटीमा छुटेका छन् ।
दुई दिन अगाडि माघ १५ गतेको खुकुरी प्रहारको सोही घटनाको तनहुँ जिल्ला अदालतमा बकपत्र हुँदै गर्दा सन्तोष सुनार पनि पुगेका थिए । माघ १५ का पीडित आयुष परियारसहितको पक्षमा लागेको भन्दै टोले गुन्डाहरू सोम गुरुङ, विजय पुनको समूहले मंगलबार दमौलीमा सन्तोष सुनारलाई कुटपिट गरेको थियो । कुटपिट गर्ने क्रममा विजय पुनले सन्तोष सुनारलाई ‘फागुन १५ को घटनाको बकपत्र दिन किन गइस भनेर कुपिट गर्नुका साथै तेरो हत्या गरेर भाग्छु’ भनेर समेत धम्काएको पीडित सुन्तोष सुनारले बताएका छन् ।
फागुन १५ गतेको खुकुरी प्रहारको घटनालाई दवाउन र मिलाउ खेम गुरुङ, विजय पुनको समूहले ठूलो चलखेल, धम्की र दबाब दिँदै आएको छ । राजनीतिक संरक्षणमा धम्की र दबाबबाट नपुगेपछि सोम गुरुङ, विजय पुनको समूहले फागुन १५ को खुकुरी प्रहारको घटना मिलाउन सुन्तोष सुनारमाथि दिउँसै कुपिट गरेर आतंक मच्चाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया