बधाइ छ, गगन थापा ! वीपीको जुत्ता चोरेर खुट्टा त घुसायौ, आध्यावधिक गर्दिनँ : रोशन पाण्डे
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य रोशन पाण्डेले गगन थापाले वीपी कोइरालाको जुत्ता चोरेर खुट्टा घुसाएको टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नेता पाण्डेले गगन थापाले वीपी कोइरालाको जुत्ता चोरेर लगाए पनि त्यो जुत्ता लगाएर हिँड्ने क्षमता गगनमा नरहेको बताएका हुन् ।
पाण्डेले लेखेका छन्, ‘तर तिमीलाई बधाई छ, गगन थापा । वीपी कोइरालाले लगाएको जुत्ता चोरेर भए पनि खुट्टा त घुसायौ तर, त्यो जुत्ताले हिँड्न सक्ने क्षमता भने तिमीसँग रत्ति पनि छैन रेछ ।’
गगन थापाले सार्वजनिक कार्यक्रमहरूमा आफूले वीपी कोइरालाको जुत्ता लगाएको र त्यो जुत्ता लगाएर काम गर्न आएको भनेर टिकाटिप्पणी गर्दै आएका छन् । वीपी कोइरालाको सिद्धान्तलाई गगन थापाले बोक्न सक्दैनन् भन्ने युवा नेता पाण्डेको बुझाइ छ ।
युवा नेता पाण्डेले नवीकरण भइसकेको क्रियाशील सदस्यता कथित अध्यावधि कुनै पनि हालतमा नगर्ने बताएका छन् । ‘तिम्रो सम्मान पनि चाहिँदैन, तिम्रो क्रियाशील सदस्यताको आध्यावधिक पनि गर्दिनँ ।’
‘पार्टीको सभापति होस्, केन्द्रीय सदस्य होस् वा साधारण कार्यकर्ता— वैशाख ३० भित्र वडा कार्यालयमै गएर क्रियाशील सदस्यता नवीकरण गर भन्ने तिम्रो आदेशलाई जम्मा ५६ हजारले मात्रै माने,’ नेता पाण्डेले भने ।
‘त्यसपछि केही सीप नलागेर जेठ २१ सम्म मिति थप्यौ र मोबाइलबाटै गर्न मिल्ने व्यवस्था गर्यौ,’ पाण्डेले भने, ‘त्यो गर्दा पनि तीन लाख पुगेन । फेरि जेठ ३० सम्म लम्ब्यायौँ ।’
नेता पाण्डेले भने, ‘अहिले बन्द गर्ने हल्ला गर्दै फेरि अनलाइन खुला राख्न बाध्य भएका छौँ । यहाँबाट तिम्रो हैसियत र संगठन चलाउने क्षमता हामीले देखिसकेका छौँ ।’
‘मलाई अंतको मतलब छैन– तिम्रा लास र दासलाई भृकुटीमण्डपमा भेला गरेर ताली बजाउँदै सुधारिएको पार्टीबाट काभ्रेका १३ पालिकामध्ये एउटा पालिका जितेर देखाऊ,’ युवा नेता पाण्डेले गगन थापालाई चुनौती दिएका छन् ।
झापा कांग्रेसले मंगलबार आयोजना गरेको कार्यक्रममा गगन थापाले क्रियाशील सदस्यता अध्यावधि नगर्नेहरूलाई कांग्रेसले पार्टी सदस्यका रुपमा नचिन्ने भनेर धम्की दिएपछि युवा नेता पाण्डेले गगन थापालाई अध्यावधि नगर्ने भनेर जवाफ फर्काएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया