कांग्रेस जलिरहँदा गगन बाँसुरी बजाएर बसेका छन्, निगाह खोजेका छैनौं : केदार कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमुख्यमन्त्री केदार कार्कीले रोम जलिरहँदा निरोले बाँसुरी बजाएर बसे जस्तै गरी गगन थापा समूहरूको गतिविधिले देखाएको टिप्पणी गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत नेता कार्कीले वरीपरी रहेका आसेपासेहरूको जय जयकारले गगन थापामा अहँकार, घमण्ड र प्रतिशोध जागेको बताएका हुन् । गगन थापा समूहले कांग्रेसलाई अनिलकुमार झाको सद्भावना पार्टीकै आकारमा लैजान खोजेको कार्कीले बताएका छन् ।

पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘वरीपरी बस्ने आसेपासेले जय जयकार गरिरहे । निरो बाँसुरी बजाइरहे । रोम जलिरह्यो । कुन पथमा जान खोजेको ? सद्भावना पार्टी विलयको अनिल झा पथ हो ?’

नेता कार्कीले वीपी कोइरालाको सिद्धान्त र कांग्रेसको क्रियाशील सदस्यता गगन थापाको निगाहले नपाएको बताए । उनले वीपी विचार र कांग्रेसको सदस्यता कसैले पनि खोस्न नसक्ने बताए ।

‘परिवार मारेर सम्पत्तिको मालिक बन्छु र रजगज गरौँला भन्ने सोँच गलत हो,’ नेता कार्कीले भने, ‘हामीले सिङ्गो कांग्रेस, अनि सय प्रतिशतको सभापति बन्नुस् भनेको क्रियाशीलको लागि निगाह बक्स होइन । मेरो वीपी विचार, नेपाली कांग्रेस कसैले खोस्न सक्दैन ।’

Published : Tuesday, 2026 June 23, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया