प्रचण्डको लामो भाषणले ओलीको चित्त बुझेन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको घुमाउरो भाषामा आलोचना गरेका छन् ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा मंगलबार बिहान बसेको बैठकमा प्रचण्डले पार्टी र सरकारबीच तालमेल हुन नसकेको बताए । स्रोतका अनुसार प्रचण्डले पार्टी र सरकारबीच तालमेल नमिलेका कारण सरकारको कामकारबाही सफल हुन नसकेको बताए ।
उनले दुई अध्यक्षले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे पार्टीका नेताहरूले दिएको सुझावलाई समेट्दै परिमार्जन गरेर त्यसलाई पारित गर्नुपर्ने धारणा राखेका छन ।
सरकार प्रभावकारी रुपमा चलाउन नसकेको भनेर स्थायी समिति सदस्यहरूले आलोचना गरेका बेला प्रचण्डको सम्बोधनले ओलीलाई राहत हुन सकेको छैन ।
प्रचण्डसँग ओलीले जुन अपेक्षा लिएका थिए त्यो अपेक्षामा तुषारापात भएको भनेर माधवकुमार नेपाल समूहले टिप्पणी गर्न थालेको छ । नेपाल र वामदेव गौतम समूह प्रचण्डको लामो भाषणले भित्रभित्रै खुसी भए पनि ओलीले चित्त बुझाउन नसकेको चर्चा हुन थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत