कांग्रेसका युवा नेता शाह महासमिति सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा नेता एवं सांसद अभिषेक प्रताप शाहलाई महासमिति सदस्यमा मनोनीत गरेका छन ।

पार्टीको विधानअनुसार सभापतिलाई महासमिति सदस्य मनोनीत गर्ने अधिकारअनुसार युवा नेता शाहलाई बुधबार देउवाले मनोनीत गरेका हुन ।

सभापति देउवा निकट मानिने शाहले कांग्रेसलाई कसरी बलियो बनाउनु पर्छ भनेर नेता तथा कार्यकर्ताहरूलाई सरसल्लाह दिँदै आएका छन ।

यसअघि सांसद शाह पर्यवेक्षकका रुपमा महासमिति बैठकमा सहभागी हुँदै आएका थिए ।

Published : Wednesday, 2018 December 19, 10:33 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसका युवा नेता शाह महासमिति सदस्यमा मनोनीत”

  • वहलाई सर्ब श्रेस्ठ वब्यक्ति मानिएको हो l

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया