कांग्रेसको विवाद मिलाउने यी हुन पाँच नेता, पार्टीको आकार बढयो

काठमाडौं । नेपाली कांग्रेसमा आठ जना पदाधिकारी रहने टुंगो लागेको छ । उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्का, अर्जुन नरसिंह केसी, डा.मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी बैठकले विधानमा सहमति गरेको थियो ।

कांग्रेसमा अब एक जना सभापति, दुई–दुई जनाका दरले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी कुल ६ जना र कोषाध्यक्ष एक गरी आठ जना पदाधिकारी रहनेछन् ।

पदाधिकारी बन्नका लागि कोषाध्यक्षबाहेकका सबै पदमा महाधिवेशनबाट निर्वाचित हुनुपर्नेछ । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जना कोषाध्यक्ष सभापतिले मनोनीत गर्नेगरी विधानको मस्यौदामा सहमति भएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकारसमेत ८५ बाट बढाएर १६१ पुर्‍याइएको छ । जसअनुसार सभापतिले कुल सदस्यको २० प्रतिशत मनोनीत गर्न पाउने भएका छन् ।
नेपाली कांग्रेसका सदस्य र क्रियाशील सदस्य गरेर दुई प्रकारका सदस्य रहनेगरी सहमति भएको छ ।

बुधबार १२ बजे बस्ने केन्द्रीय समितिले विधानको दस्तावेजलाई अनुमोदन गर्नेछ भने बिहीबारको महासमितिको बन्दसत्रमा विधानको मस्यौदा पेस हुने नेता रमेश लेखकले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा केही पदाधिकारी समावेशी सिद्धान्तका आधारमा मनोनीत गर्नुपर्ने पक्षमा थिए भने वरिष्ठ नेतासहितको समूह कुनै पनि हालतमा पदाधिकारी मनोनीत गर्नेगरी व्यवस्था राख्न नहुने र सबै पदाधिकारी निर्वाचित नै हुनेगरी विधानमा व्यवस्था गर्नुपर्ने अडानमा रहेका थिए ।

अब कांग्रेसको विधानमा रहेको असहमतिको मूल जडको अन्त्य भएको छ । केन्द्रीय समितिको आकारसमेत ८५ सदस्यीयबाट बढ्ने भएको छ । पदाधिकारीसमेत सातबाट बढेर नौ हुने भएको हो ।

Published : Wednesday, 2018 December 19, 11:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया