यस्तो थियो पूर्वएमाले नेतृ भगवतीको भव्य ‘काण्ड’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारले चुनावमा जित निकालेको सुनसरी–३ की कडास्पर्धी हुन् तत्कालीन एमालेकी नेतृ भगवती चौधरी ।

चौधरी एक समय राज्यमन्त्री पनि भएकी थिइन् । अहिले उनै चौधरीको टाउको दुखाई बनेका छन् नक्कली लेफ्टिनेन्ट जो चुनाव प्रचारका बेला ‘मम्मी’ भन्दै बुर्कुसी मार्ने गर्थे ।

नेपाली सेनाले रेकी गरी नक्कली लेफ्टिनेन्ट पक्राउ गरी प्रहरीलाई बुझाएपछि उनका बारेमा निक्कै रहस्य खुल्न थालेको जनप्रहार साप्ताहिकले जनाएको छ ।

जसले भगवतीको राजनीतिक पृष्ठभूमि नै बिग्रने खतरा छ । सुगम ठकुरी नामका ती व्यक्ति पहिला ७ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरी हिरासतमा परेका थिए ।

नाबालक भएको भन्दै परिवारको जिम्मा लगाइएको थियो । मुद्दा डिसमिस बनाइयो । अहिले अपराधको अर्को चरणमा छिर्नैलाग्दा उनी पक्राउ परे । जहाँ जहाँ भगवती त्यहाँ त्यहाँ लेफ्टिनेन्टको बर्दीधारी सुगमले आफुलाई फसाएको प्रतिक्रिया भगवतीले दिए पनि चुनावमा किन पोल्टामा राखिन् ? सोधिन थालेको छ ।

सुगमलाई प्रहरीले बलात्कार आरोपमा ०६७ सालमा पक्राउ गरेको थियो । सुगम भगवतीका छोरा द्रव्यका नजिकका साथी हुन् ।

सामाजिक सञ्जालमा चुनावी प्रचार सामाग्री बनाउन र पोष्ट गर्न जिम्वेवारी पाएका सुगमले पछि भने भगवतीसँग सँगै हिड्ने काम गर्न थाले । कतिपयले त भगवती चौधरीलाई समेत कारवाही हुनु पर्ने माग गरेका छन् ।

नक्कली सेनाको मान्छे भनेर जान्दा जान्दै भगवतीले किन सुगमलाई गार्ड बनाइन् ? भनेर प्रश्न उठेको छ ।

निर्वाचनको परिणाम पछि पनि सुगमले भगवती चौधरीलाई छाडेन । छोराको मिल्ने साथी भएपछि ठकुरीलाई भगवतीको किचेन सदस्य बनाएर राखिएको थियो । दुई चार दिन भगवतीकै घरमा बस्ने गर्थे । नक्कली सेना प्रकरणले भगवती चौधरीलाई समेत तानेपछि उनले आफू मम्मी शब्दका कारण फसेको बताउने गरेकी छिन् ।

Published : Tuesday, 2018 December 18, 11:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया