कांग्रेस कार्यकर्ताको मन जित्नुपर्छ, हात मिलाउँदैमा हुँदैनः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद रामहरि खतिवडाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई सुझाव दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा खतिवडाले कांग्रेसलाई अझैपनि पहिलो पार्टी बनाउन सकिने धारणा राखे । त्यसका लागि कांग्रेसका शीर्ष नेताहरू एकजुट हुनुपर्ने बताए ।

नेता खतिवडाले कांग्रेस नेतृत्वलाई अब नातावाद र दातावादबाट टाढा रहनुपर्ने सुझाव दिए । ‘पार्टीभित्र अहिले नातावादभन्दापनि दातावाद हावी भयो’, उनले भने, ‘कांग्रेसलाई पहिलो पार्टी बनाउन सकिन्छ । शीर्ष नेताहरूमा सुधार आवश्यक छ ।’

कांग्रेसका ठूला नेता र व्यक्तिहरूलाई हेरेर विधान बनाउन नहुने उनको सुझाव दिए । ‘समग्र कार्यकर्ताहरूलाई हेरेर विधान बनाउनुपर्छ’, कांग्रेस नेता खतिवडाले भने, ‘पार्टी जनताको हितमा कसरी उतार्न सकिन्छ भनेर बहस गर्नुपर्छ ।’

संविधानमै धर्मनिरपेक्षता लेखिएकोले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको युवा नेता खतिवडाले बताए । उनले भने, ‘कांग्रेसले अब आफ्ना मुद्दा जनताको बीचमा लैजानुपर्छ ।’

उनले कांग्रेसका शीर्ष नेताहरूले हात मिलाउँदैमा पार्टी एक ढिक्का नहुने बताए । ‘नेताहरूले हात मिलाउँदैमा कांग्रेस एक ढिक्का हुँदैन्’, उनले भने, ‘यसको लागि कार्यकर्ताको मन जित्नुपर्छ ।’

फरक प्रसंगमा कांग्रेसका युवा नेता खतिवडाले वर्तमान कम्युनिस्ट सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरे । ‘कम्युनिस्ट सरकार सबै हिसाबले असफल भएको छ’, उनले भने, ‘केपी ओलीको सरकार पूर्ण रुपमा असक्षम छ ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद निरु पालमाथि आक्रमण भएको तर अहिलेसम्म छानबिन समितिले संसदमा कुनैपनि जानकारी नगराएको भन्दै कांग्रेसका युवा नेता खतिवडाले सरकारको असक्षमताका कारण यो प्रकरण सेलाउँदै गएको बताए ।

निर्मला पन्तको बलात्कारपछिको हत्या भएको यतिका दिन बितिसक्दा पनि अहिलेसम्म सरकारले हत्यारा पत्ता लगाउन नसकेको उनको आरोप छ । ‘दिनदाहाडै काठमाडौंमा पूर्वराजद२तको हत्या भएको छ’, खतिवडाले भने, ‘अहिलेसम्म यो सरकारले हत्यारा पत्ता लगाउन सकेन ।’

Published : Monday, 2018 December 17, 7:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया