सभापति देउवाले गरे अर्को गज्जब निर्णय
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशजनालाई महासमिति सदस्यमा मनोनीत गरेका छन् ।
महासमिति सदस्यमा मनोनीत हुनेमा उद्योगपति एवम् सांसद विनोद चौधरी पनि रहेका छन् ।
कांग्रेसको विधानअनुसार देउवाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका गोरखाका स्वर्णिम वाग्लेलाई पनि महासमिति सदस्य मनोनीत गरेका छन् ।
सभापति देउवाले पर्साका अनिलकुमार रुंगटा, सर्लाहीका शम्भुलाल श्रेष्ठ र दीपक अधिकारीलाई पनि मंसिर २८ गते महासमिति सदस्य मनोनीत गरेको कांग्रेसले जनाएका छन् ।
मनोनीत भएसँगै उनीहरु काठमाडौंमा जारी महासमिति बैठकमा सहभागी भएका छन् ।
देउवाले यसअघि पाँच जनालाई महासमिति सदस्य मनोनीत गरेका थिए ।
Published : Sunday, 2018 December 16, 5:48 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत