महासमिति सदस्यहरूले कांग्रेसलाई जीवन दिनुपर्छः ऋषि पुरी
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषि पुरीले विवेक पुर्याएर मात्रै महासमिति बैठकले निर्णय गर्नुपर्ने बताएका छन ।
शनिबारदेखि शुरु भएको कांग्रेसको महासमिति बैठकमा सहभागी प्रतिनिधिहरूले कांग्रेसलाई सहि दिशामा लैजाने विशेष सुझबुझका साथ निर्णय गर्नुपर्ने बताएका छन ।
‘देशभरिबाट जम्मा भएका झण्डै दुई हजार महासमिति प्रतिनिधिहरूको हातमा कांग्रेसको भविष्य छ’, उनले भने, ‘कांग्रेसद्वारा पेश हुने सबै प्रस्तावहरूमा गम्भीर रुपमा परामर्श गर्नुपर्छ । हावाका भरमा निर्णय गर्नु हुँदैन ।’
कांग्रेसका युवा नेता पुरीले पार्टीलाई एक बनाउन शीर्ष नेताहरूले व्यक्तिगत स्वार्थ छाडेर एक ठाउँमा आउनुपर्ने बताए ।
‘कांग्रेसको विधानमा व्यक्तिगत स्वार्थलाई हेरेर संशोधनको कुरा गरिनु उचित होइन’, उनले भने, ‘सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मिल्नुको बिल्प छैन ।’ शीर्ष नेताहरू केन्द्रमा मिलेपछि मात्रै गाउँ र जिल्लामा त्यसको सन्देश सकारात्मक जाने उनले बताए ।
महासमिति सदस्यहरूले पनि शीर्ष नेताहरूलाई मिल्न दवाव दिनुपर्ने बताए । ‘कम्युनिस्टहरूसँग भिडन पनि कांग्रेस मिल्नुपर्छ’, उनले भने, ‘निर्वाचनमा भएको पराजयको समीक्षा गरेर निर्णय गर्दा राम्र हुन्छ ।’
नेपाली कांग्रेसको महासमिति बैठक शनिबारदेखि काठमाडौंमा शुरु भएको छ । महासमिति बैठकमा विभिन्न प्रस्तावहरू पेश भएका छन । ती प्रस्तावहरूमा समूह बनाएर निर्णय हुनेछन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत