हिन्दूधर्ममाथि आक्रमण हुन दिँदैनौँः डा.शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संविधानका धेरै विषयहरू गम्भीर रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा शुरु भएको महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा.कोइरालाले भाषामा धर्म निरपेक्षतामाथि कटाक्ष गरेका हुन् ।
महामन्त्री डा.कोइरालाले सनातन धर्मप्रति आक्रमण भइरहेको बताए । उनले धर्मान्तरको विषयले आफूलाई गम्भीर बनाएको उल्लेख गरेका छन् ।
उनले भने, ‘देशभरबाट कार्यकर्ताहरुले चिन्ता र गुनासो राखिरहनु भएको छ ।’
नेपाली कांग्रेस पार्टीको झण्डाका चार तारमध्ये एउटा धार्मिक स्वतन्त्रताको प्रतिक रहेको बताउँदै कोइरालाले सनातन धर्ममाथि भइरहेको आक्रमणप्रति रोष व्यक्त गरेका छन् ।
आफ्ना लागि पदभन्दा पार्टी र देश ठूलो भएको उल्लेख गर्दै उनले भने, ‘ओहोदाले होइन कामले नै विपी चिनिनु भएको हो, म पनि त्यही चाहन्छु ।’
महामन्त्री डा.कोइरालाले पार्टीभित्र कसिलो एकताको आवश्यकतामा जोड दिएका छन् । ‘सभापतिज्यू, र वरिष्ठ नेताज्यू, तपाईहरू मेरो नेता हुनुहुन्छ, एकताका लागि ताकत लगाउनुस, सहयोग गर्न तयार छु’, उनले भने ।
कोइरालाले कम्युनिष्टले नेपालमा जित्नु भनेको विश्वकै लागि आश्चर्यको कुरा भएको टिप्पणी गर्दै केपी ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत