कांग्रेसले दियो गच्छदारलाई दुई सय प्रतिनिधि, पदाधिकारीमा सहमति खोजी हुँदै
काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी थप गर्नेबारे अझै सहमति जुटेको छैन ।
केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पास गरेको छ ।
कार्यसमितिको बैठक सहमति प्रयास जारी रहेको भन्दै लामो समयसम्म बस्न सकेन । शनिबार महासमिति बैठक उद्घाटन भने हुनेछ । त्यसपछि अरु विषयमा छलफल शुरु हुनेछ । विधानबारे सहमतिको प्रयास पनि जारी रहनेछ ।
सभापति शेबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला आ–आफ्नै प्रस्तावमा अडिएका छन् । देउवाले उसपभापति, महामन्त्री र सहमहामन्त्री २–२ बनाउनु पर्ने सुझाव छ । पौडेलले ३–३ पदाधिकारी बनाउने प्रस्ताव राखेका छन् ।
महामन्त्री डा.शशांक कोइरालाले भने पिरामिड शैलीमा उपसभापति २, महामन्त्री ३ र सहमहामन्त्री ४ प्रस्ताव गरेका छन् ।
उपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रस्ताव संशोधनसहित पास गरेको छ भने महामन्त्री शशांक कोइरालाको सांठगनिक र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पास गरेको छ ।
यसैबीच, केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति विजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन फोरम लोकतान्त्रिकलाई २०० महासमिति सदस्य दिने निर्णय गरेको छ । साथै १५० पर्यवेक्षक हुनेछन् ।
गच्छदारले आम चुनावको पूर्वसंख्यामा पार्टी कांग्रेसमा विलय गराएका थिए । त्यसबेलाको सहमति अनुसार गच्छदार उपसभापति भएपनि अरु नेताहरूलाई कांग्रेसले जिम्मेवारी लिएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत