कमजोरी लुकाउन कांग्रेसलाई दोष देखाउने अध्यक्ष
काठमाडौं । नेपाली कांग्रेस निकटका पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको महाधिवेशन गर्न नसकेपछि दोषभरि सबै कांग्रेसलाई दिएको छ ।
प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसको महासमिति बैठक भएको विषयलाई पनि कारण देखाएर महाधिवेशन रोकिएको बताएका छन् ।
‘केन्द्रीय समितिको मिति २०७५ साउन १० गते बसेको पूर्ण बैठकले निर्णय गरे अनुसार युनियनको नवौं राष्ट्रिय महाधिवेशन २०७५ मंसिर २७ र २८ गते तोकिएकोमा जिल्ला शाखा तथा प्रतिष्ठानहरुको अधिवेशन आधाको हाराहारीमा मात्र सम्पन्न भएको अवस्था एकातिर रह्यो भने अर्कोतर्फ यही समयमा नेपाली कांग्रेसको महासमिति बैठक परेका कारण नवौं महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्न असमर्थ भएका छौं ।’
अध्यक्ष सिग्देलले भनेका छन्, ‘यसर्थ, नयाँ महाधिवेशनको मिति तय गर्न अगाडि बाँकी रहेका शाखाहरुको अधिवेशन मिति २०७५ पुस मसान्तभित्र सक्ने र सचिबालयको बैठकको निर्णय अनुरुपै पुस मसान्तभित्र सबै शाखाहरुको अधिवेशन सम्पन्न भइसकेपछि अर्को बैठक मार्फत तत्काल नयाँ महाधिवेशनको मिति तोकिने जानकारी गराउँदछौं ।’
उनले लोकतान्त्रिक विधि र पद्धति अनुरुप महाधिवेशनबाट नयाँ नेतृत्व हस्तान्तरण गर्ने समेत बताएका छन् ।
यद्यपि, प्रेस युनियनका सल्लाहकार एवम् पूर्वमहासचिव शिव लम्साल, वर्तमान सचिव खिला कार्कीसहितका पत्रकारहरुले नेतृत्वको लापरवाहीले तोकिएको समयमा महाधिवेशन हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले तोकिएको समयमा महाधिवेशन गराउन नसक्ने नेतृत्वको आलोचना गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत