चीन निकटका नेपाललाई एक हजार जरिवाना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालोझण्डा देखाउन खोजेपछि पक्राउ परेका ग्रेटर नेपालका अभियन्ता एवम् प्रध्यापक फणिन्द्र नेपाललाई एक हजार जरिवाना भएको छ ।

चीन निकट मानिने फणिन्द्रले भारतीय प्रधानमन्त्री मोदी बिमस्टेक सम्मेलनका लागि नेपाल भ्रमणमा आएका बेला कालोझण्डा देखाउन खोजेका थिए । शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै प्रहरीले फणिन्द्रलाई पक्राउ गरेको थियो ।

फणिन्द्रलाई जल्ला प्रशासन कार्यालय, काठमाडौंले एक हजार रुपियाँ जरिवाना गराउने फैसला गरेको छ ।

भदौ १४ गते फणिन्द्रलाई प्रहरीले पक्राउ गरेर ६ दिनसम्म हिरासतमा राखेको थियो । फणिन्द्रलाई प्रहरीले चाबहिलस्थित आफ्नै निवास नजिकैबाट पक्राउ गरेको थियो । उनी एक हजार धरौटीमा छुटेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको एकल इजलासले फणिन्द्रलाई एक हजार जरिवाना गर्ने फैसला गरेको छ । नेपालले ‘सार्वजनिक स्थानमा मुलुकी अपराध संहिता ऐन बमोजिम कसुर गरेको’ ठहर इजलासको छ ।

फणिन्द्र नेपाल चीनसँग निकट रहेको आरोप लाग्दै आएको छ । उनी बेलाबेला चिनियाँहरूको निमन्त्रणामा चीन भ्रमणमा जाने गरेका छन् ।

Published : Thursday, 2018 December 13, 5:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया