विद्यालय मात्रै होइन परिवारमा पनि यौनिक शिक्षा
काठमाडौं । सरोकारवालाहरुले यौनिक शिक्षा परिवारबाट प्रारम्भ गर्नुपर्ने बताएका छन् । उनीहरुले यौनिक शिक्षा विद्यालयमा राखिए पनि त्यो व्यवहारिक हुन नसकेको बताए ।
ललितपुरको कुपण्डोलस्थित एक होटेलमा बुधबार अनौपचारिक क्षेत्रमा वृहत यौनिकता शिक्षाको महत्व अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यशाला गोष्ठी कार्यक्रममा महिला अधिकारकर्मी, विद्यार्थी र सरकारका उच्च अधिकारीहरुले यौनिक शिक्षा परिवारबाटै शुरुवात गर्न सुझाव दिए । सरोकारवालाहरुले समाज पनि यौनिकता शिक्षाका लागि सचेत हुनुपर्ने बताए ।
विद्यालयभन्दा बाहिर रहेका बालबालिकाको लागि यौनिक शिक्षा राज्य र नागरिक संगठनहरु मिलेर गर्नुपर्ने अधिकारकर्मीहरुको भनाइ छ । उनीहरुले सुरक्षित गर्भपतन गराउने वातावरण बनाउन पनि आग्रह गरे ।
अपांगता भएका महिलालाई पनि पर्ने समस्यामा पनि परिवार र समाजले विशेष ध्यान दिनुपर्ने बताइएको छ । बालविवाहले पनि हिंसा गरेको भन्दै यौनिक शिक्षा घर परिवारबाट आवश्यक पर्ने निस्कर्ष कार्यक्रममा निकालिएको थियो ।
कार्यक्रम संयोजक गीता थापाले घर परिवार र समाजले विशेष ध्यान दिने हो भने यौनिक शिक्षालाई वृहत बनाउन सकिने बताएकी थिइन् । उनले आफूहरुको अभियानले समाजलाई सानो सहयोग मिलेको समेत बताइन् ।
तन नेपाल (लुम)ले राईट हियर राईट नाउ नेपाल सञ्जालको सहकार्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, वृहत यौनिकता शिक्षा पविधिक कार्यगत समूह, पत्रकार, युवा र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत