कांग्रेसको आर्थिक नीति पारित
काठमाडौं । नेपाली कांग्रसले आर्थिक नीतिसम्बन्धी प्रस्तावलाई सुझावसहित पारित गरेको छ ।
सानेपास्थित पार्टी मुख्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आर्थिक नीतिसम्बन्धी प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पारित भएको प्रस्तावलाई महासमितिको बैठकमा पेश गरिनेछ ।
कांग्रेसले सहमहामन्त्री डा.प्रकाश शरण महताको संयोजकत्वमा आर्थिक नीति प्रस्ताव समिति गठन गरेको थियो । समितिले विभिन्न क्षेत्रसँग सल्लाह गरेर प्रस्ताव तयार पारेको थियो ।
केन्द्रीय कार्यसमितिले पारित गरेको प्रस्ताव मंसिर २८ गतेबाट शुरु महासमिति बैठकमा प्रस्तुत हुनेछ ।
कांग्रेसको सोमबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरूडा.रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा.मीनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राखेका थिए ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को मंसिर २५ गते मंगलबार बहिान ११ बजे पुनः बस्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत