ओली सरकारविरुद्ध प्रदर्शन गर्ने अधिकारकर्मीहरू पक्राउ
काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज नेपालले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीहरूलाई कारबाहीको माग गरेर प्रदर्शन गर्दा कम्युनिस्ट सरकारले अधिकारकर्मीहरूलाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको सरकारी निवास अगाडि सोमबार प्रदर्शन गर्न पुगेका अधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकारकर्मी कृष्ण पहाडीसहित २५ जना छन् ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।
निर्मला पन्तको घटनाका दोषी पहिचन नहुनु कम्युनिस्ट सरकारको अक्षमता रहेको भन्दै शान्ति समाजले बिरोध प्रदर्शन गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत