कांग्रेसका सांसदको कामले पूरै जिल्ला खुसी, कम्युनिस्टहरू दुखी

दोलखा । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामाले आफ्नो गृहजिल्ला दोलखामा पाँच वटा एम्बुलेन्स निःशुल्क वितरण गरेका छन् ।

आइतबार सांसद लामाले पाँच स्थानीय तहलाई एम्बुलेन्स हस्ताणतरण गरेको नेपाल तरुण दल दोलखाका अध्यक्ष दावा शेर्पाले जानकारी दिए ।

लामाले दोलखाको तामाकोशी गाँउपालिका ३ जफे, कालिञ्चोक गाँउपालिका ९, जिरी नगरपलिका १, मेलुङ गाँउपालिका ६ र विगु गाँउपालिकको स्वामित्वमा संचालन हुने गरी एम्बुलेन्स हस्ताणतरण गरेका हुन् ।

ग्रामीण क्षेत्रमा एम्वुलेन्स नभएका कारण बिरामी अस्तपालसम्म पुग्न नसकेर मृत्यु हुने अबस्था आएका बेला कांग्रेसका सांसद लामाले निःशुल्क रुपमा एम्बुलेन्स वितरण गरेका हुन् ।

दोलखाको खारेमा पनि सांसद लामाले एउटा एम्बुलेन्स हस्ताणतरण गरेका थिए ।

कांग्रेसका सांसद लामाले कसैलाई पनि भेदभाव नगरी सेवा दिन सबैलाई आग्रह गरेका छन् । ‘यो पार्टी र उ पार्टीको नभनी सबैलाई सेवा दिनुहोला’, उनले भने, ‘मेरा लागि दोलखाबासी सबै समान छन् ।’

लामाले प्रतिनिधि सभाको सांसद पदबाट आफूले तलव, भत्ता र सुविधाबाट एम्बुलेन्स किनेर जनतालाई उपलब्ध गराएको बताए । उनले दश वटा एम्बुलेन्स ल्याएर वितरण गर्न खोजेका थिए ।

भन्सारको समस्याले गर्दा अहिले पाँच वटा एम्बुलेन्स ल्याएर वितरण गरेको उनले बताए । बाँकी पाँच वटा एम्बुलेन्स छिटै ल्याएर वितरण गर्ने सांसद लामाले बताएका छन् ।

कम्युनिस्ट सरकारका मन्त्री र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरूले निर्वाचनका बेला बोलेका कुरा पूरा गर्न नसकी रहेका बेला कांग्रेसका नेता लामाले गाउँका गरिब जनताका लागि धर्मको काम गरेका छन् ।

दोलखाका कम्युनिस्ट नेताहरूले कांग्रेसका सांसद तथा नेता लामाद्वारा गरिएको कार्यबाट राजनीतिक रुपमा आफूहरूलाई समस्या पर्ने हो कि भनेर चिन्ता जनाएको आरोप छ ।

Published : Sunday, 2018 December 9, 9:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया