कांग्रेस नेता सिग्देलको निधन, देउवाद्धारा समवेदना प्रकट

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भातृसंगठन नेपाल किसान संघका केन्द्रीय सभापति भानुभक्त सिग्देललाई पितृ शोक परेको भन्दै समवेदना प्रकट गरेको छ ।

कांग्रेसले आइतबार विज्ञप्ति जारी गरेर सभापति सिग्देलका ८३ वर्षीय पिता चुणामणि सिग्देलको निधन भएकोमा शोक व्यक्ति गरेको हो ।

चुणामणि सिग्देलको शनिबार नवलपरासीको देवचुली नगरपालिका वडा नं. १ स्थित आफ्नै निवासमा निधन भएको थियो ।

स्वर्गीय सिग्देल लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका थिए । ०४२ को सत्याग्रहमा जेल जीवन समेत व्यतित गरेका सिग्देलको निधनले कांग्रेसलाई क्षति पुगेको शोक सन्देशमा भनिएको छ ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह पनि गरेका थिए । स्व.सिग्देलका तीन छोरा र एक छोरी छन् ।

सिग्देलको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

देउवाले स्वर्गीय सिग्देलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ नेपाल किसान संघका केन्द्रीय सभापति भानुभक्त सिग्देल लगायत सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

Published : Sunday, 2018 December 9, 5:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया