दुई सत्तारुढ दलबीच पार्टी एकीकरणको चर्चा, पूर्वसर्तले तनाव

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच पार्टी एकीकरणको लागि अनौपचारिक कुराकानी भएको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय फोरमको मुख्यालयमा दुई पार्टीका दोस्रो तहका नेताहरुको वार्ता भएको उच्च स्रोतले जनाएको छ ।

बैचारिक सिद्धान्त मिल्न दलहरुसँग वार्ता गर्नका लागि संघीय फोरमले सहध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाइ सकेको छ । स्रोतका अनुसार श्रेष्ठले साना दलहरुलाई संघीय फोरममा मिसाउन पहल गर्नेछन् ।

संघीय फोरमले वार्ता टोल गठन गरेपछि राजपा नेपालले सकारात्मक प्रतिक्रिया दिएको छ । राजपाले पार्टी एकीकरण र वार्ता गर्ने हो भने संघीय फोरमले पहिला सरकार छाड्नुपर्ने सन्देश दिएको स्रोतले जनाएको छ ।

संघीय फोरमले शक्तिशाली राज्य व्यवस्था समिति गठन गर्ने भएको छ ।

सरकार र सरकारको नेतृत्व गरिरहेका दलसँग वार्ता, समन्वय र सहकार्य गर्न तथा विकास निर्माण सम्बन्धी योजना, विभिन्न संवैधानिक आयोग नियुक्तिका साथै संघीय सरकार र प्रदेश सरकारबीच समन्वय समेतका लागि आवश्यक कार्य गर्न फोरम नेपालले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा सो समिति गठन गर्न लागेको छ ।

समितिमा वरिष्ठ नेता अशोक राई, सहध्यक्ष राजेन्द्र्र श्रेष्ठ, उपाध्यक्ष रकम चेम्जोङ्ग, उपाध्यक्ष रेणु कुमारी यादव र महासचिव रामसहाय यादव सदस्य रहने प्रस्ताव गरिएको छ ।

Published : Sunday, 2018 December 9, 4:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया