खुमलटारमा पैसा माग्न नेताहरूको लाइन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकटका नेताहरूलाई बोलाएर फकाउन थालेका छन् ।

खुमलटारस्थित निवासमा प्रचण्डले बिहान बेलुका नेताहरूलाई बोलाएर सहयोग गर्न भन्ने गरेका हुन् । नेकपाका नेताहरूमा पलाएको वितृष्णालाई प्रचण्डले क्यास गर्न थालेका छन् ।

प्रचण्डले केही केन्द्रीय सदस्यहरूलाई बेलाबेला खर्च पनि दिन थालेका छन् । समस्या परेर खुमलटार पुग्ने कार्यकर्ताहरूलाई उनीहरूको पार्टीमा रहेका हैसियतअनुसार पैसा दिने गरेको उच्च स्रोतले जनाएको छ ।

विशेष गरेर प्रचण्डको निवास खुमलटारमा केन्द्रीय सदस्यहरू पैसा माग्न जाने गरेका छन् । प्रचण्डको सचिवालयमा काम गर्ने एकजना नेताका अनुसार बिहानैदेखि केन्द्रीय सदस्यहरू पैसा माग्न आएर हैरान बनाउँछन् । पैसा प्रचण्ड आफैले दिँदैनन् ।

उनले आफ्नी कान्छी छोरी गंगा दाहाललाई पैसाको जिम्मेवारी दिएका छन् । गंगा दाहालले बुबा प्रचण्डले भनेको पनि मान्दिनन् । ‘गंगा दाहाललाई प्रचण्डले पैसा माग्न आउने केन्द्रीय सदस्यहरूलाई दिन निर्देशन दिनुहुन्छ’, उच्च स्रोतले भन्यो, ‘मन नपरेका नेताहरूलाई गंगाले पैसा नै दिन मान्नुहुन्न ।’

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसम्म पनि केन्द्रीय नेताहरू जाने गरेका छन् । सचिवालयका कारण ओलीलाई भेट्न नपाउने नेताहरू प्रचण्डलाई भेट्न खुमलटार जाने गरेका छन् ।

ओलीको यही मौकाको फाइदा उठाएर प्रचण्डले आफ्नो पक्षमा लाग्न केन्द्रीय सदस्यहरूलाई दवाव दिने गरेका छन् । ओलीलाई भन्दा प्रचण्डलाई भेट्न केही सजिलो छ । प्रचण्डसँग पैसा माग्न बाक्लै जाने केही नेताहरू ‘कालो सूची’मा परेका छन् । त्यस्ता केन्द्रीय सदस्यहरूलाई प्रचण्डले भेट्नै मन गर्दैनन् ।

Published : Thursday, 2018 December 6, 11:27 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया