कांग्रेस सांसद गौतमलाई पुत्र शोक, दुर्घटनामा नवीनको मृत्यु
कावासोती । नेपाली कांग्रेसकी सांसद ओमकला गौतमका छोरा नवीन गौतमको दुर्घटनामा मृत्यु भएको छ ।
गण्डकी प्रदेशसभाकी सांसद गौतमको छोरा नवीनको मंगलबार राति स्कुटर दुर्घटनामा मृत्यु भएको हो ।
आफैँले चलाएको ना २५ प ८३९० नम्बरको स्कुटर दुर्घटना हुँदा नवीनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँझपख ५ बजेतिर घरबाट निस्किएका नवीन कहाँ गएका थिए भन्ने अहिलेसम्म खुलेको छैन ।
करीव साढे १० बजेतिर प्रगतिनगर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले उनलाई तत्कालै भरतपुर जिल्ला अस्पताल पठाएको थियो ।
अस्पताल पुग्ने वित्तिकै डाक्टरले नविनलार्इ मृत घोषणा गरे । स्कुटरलाई कुनै गाडीले ठक्कर दिएको अनुमान गरिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Published : Wednesday, 2018 December 5, 9:51 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत