प्रधानमन्त्री शाह पत्नी सविना र छोरीसहित भरतपुरमा

भरतपुर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफ्नी पत्नी सविना काफ्ले र छोरीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन आइपुगेका छन् ।

आइतबार चितवनको भरतपुरमा रास्वपाको महाधिवेशन हुन लागेको छ । महाधिवेशनमा भाग लिन शाह पत्नी र छोरीलाई साथमा लिएर भरतपुर आइपुगेका हुन् ।

प्रधानमन्त्री शाह रास्वपाका वरिष्ठ नेतासमेत हुन् । रास्वपाको आज आइतबारदेखि असार ९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन उनी आएका हुन् ।

महाधिवेशनको सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

रास्वपाको महाधिवेशनमा सहभागी हुन भरतपुर आएका प्रधानमन्त्री शाह कालिका नगर, शक्तिखोरस्थित होटल लटौली सेन्चुरी प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह होटलबाट महाधिवेशनस्थल आउनेछन् ।

Published : Sunday, 2026 June 21, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया