कांग्रेस विभाजनको डिलमा पुगेका बेला लोकतान्त्रिक वैदेशिक रोजगारको अध्यक्षमा गैरे निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस निकटका व्यवसायीहरूको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न अधिवेशनमा गैरेले आफ्नो प्रतिद्वन्द्वी किशोर के.सी.लाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रथम अध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बु, तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी, महासचिवमा सुमनराज पाण्डे, सचिवमा हिमा गुरुङ, सहसचिवमा जगतबहादुर गुरुङ, कोषाध्यक्षमा भीममाया कार्की (कल्पना), सह कोषाध्यक्षमा कैलाश पाठक निर्वाचित भएका छन् ।

सदस्यहरूमा विष्णुप्रसाद सापकोटा, ओमप्रकाश शिवाकोटी उर्मिला लामा, नवीन क्षेत्री पौडेल, विमल पोख्रेल, राजेश मैनाली, युवराज खतिवडा, विक्रम खतिवडा, पूण्यकुमार श्रेष्ठ शेरबहादुर गुर्वाछन् निर्वाचित भएका छन् ।

निर्वाचन समितिसमक्ष नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसन नेपाली कांग्रेसको शुभेच्छुक संस्थामा पर्छ ।

गगन थापाले नेपाली कांग्रेसलाई भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट पार्टी हाइज्याक गरेका बेला एसोसिएसनको अधिवेशनले गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कांग्रेस विभाजनको डिलमा पुगेका बेला एसोसिएसनको अधिवेशन भएको छ ।

Published : Saturday, 2026 June 20, 2:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया