संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने, संसदका दुबै बैठक आह्वान
काठमाडौं । झण्डै दुईतिहाईको सरकारले संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
उनले भने, ‘संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने निर्णय भएको छ ।’ राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुने मन्त्री पोखरेलले बताए ।
त्यसैगरी, सरकारले आगामी चैत १९ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । चैत १९ गते संसदको अधिवेशन आह्वान गर्ने निर्णय भएको शिक्षामन्त्री पोखरेलले जानकारी दिए ।
संघीय संसदका दुवै सदनको बैठक आह्वान गर्नका लागि सिफारिस गरिएको हो । फागुन २१ गते भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसदको अधिवेशन आह्वान भएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया