दाङ २ का कांग्रेस उम्मेदवार घिमिरेद्वारा मतदातासँग भेट, संस्कृति संरक्षण गरिदिन अनुरोध
घोराही । दाङ क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले मतदातासँगको भेटघाट र प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।
शनिबार घिमिरेले घोराही उपमानगरपालिकाका वडा नं. ७, ९, ११ र १६ का विभिन्न टोलमा मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका छन् । उनले चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन मतदाताहरूसँग अनुरोध गरेका छन् ।
कांग्रेस नेता एवम् उम्मेदवार घिमिरेसँग मतदाताहरूले खानेपानी, सिँचाइ, कुलो, शिक्षा, रोजगारी, स्वास्थ्य, कला संस्कृतिको संरक्षण लगायतका माग राखेका छन् । निर्वाचनपछि आफू विजयी भएर गएपछि मतदाताहरूले राखेका मागलाई सम्बोधन गर्न पहल गर्ने घिमिरेले आश्वासन दिएका छन् ।

मतदाताहरूले उम्मेदवार घिमिरेसँग विजयी भएर यसअघि गएका सांसदहरू फर्किएर पनि नआएको गुनासो गरे । उनीहरूले निर्वाचनको बेला मत माग्न आउने, जितेर गएपछि फर्केर नआउने समस्या रहेको भन्दै कांग्रेस उम्मेदवार घिमिरेलाई सचेत गराएका छन् ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेस दाङ– २ का सभापति भीमप्रकाश खड्का, कांग्रेस प्रदेश ‘२’ का सभापति अभियान बस्नेत, उपसभापति शरद समीर, सचिव तिलक केसीलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया