दोलखाको बाबरेमा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश

बाबरे । दोलखामा एमालेसहितका विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कालिञ्चोक गाउँपालिकामा एमाले परित्याग गरी थुप्रै नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । कालिञ्चोक– २ बाबरेमा शनिबार आयोजित कार्यक्रममा एमालेका स्थानीय नेता लालबहादुर थामीको नेतृत्वमा च्युफुर थामी, सन्ते थामी (ए) र सन्ते थामी (बी) कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई कांग्रेसका नेता एवम् दोलखा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी र बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्लेले खादा तथा माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।

नवप्रवेशी धनकुमार थामी, निरमाया थामी र धनबहादुर थामी आफ्नो पुरानो घर नेपाली कांग्रेसमै फर्किएका छन् ।

पछिल्लो समय दोलखाका विभिन्न स्थानीय तहमा कांग्रेस प्रवेश गर्नेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ ।

Published : Saturday, 2026 February 21, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया