एमालेका नेता एवम् नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारी कांग्रेसमा प्रवेश

वीरगञ्ज । एमालेका नेता एवम् मेडिकल व्यवसायी बसुरुद्धिन अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

अन्सारी वीरगञ्ज महानगरपालिकाको मेयर पदमा एमालेको तर्फबाट उम्मेदवार रहेका थिए । उनी मेयर पदमा पराजित भएका थिए ।

बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा अन्सारी एमाले परित्याग गरेर कांग्रेस प्रवेश गरेका थिए ।

गृहजिल्ला पर्सामा क्षेत्र नम्बर १ देखि ४ सम्म नेपाली कांग्रेसको जित सुनिश्चित रहेको अन्सारीले बताएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्ने बताएका छन् ।

एमाले परित्याग गरेर कांग्रेस प्रवेश गरेका अन्सारी नेशनल मेडिकल कलेजका सञ्चालक हुन् ।

Published : Friday, 2026 February 20, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया