याद गर्नुहोस् गोरखाले भोगेको संकट र कांग्रेसका प्रेमकुमारको सेवा
आरुघाट । गोरखा… जहाँ ईतिहाँस मात्रै छैन, सम्भावनाको पहाड पनि छ । तर, जब जब यो भूगोल संकटमा पर्यो, तब तब एउटा मान्छे सधैँ ढाल बनेर उभियो । उनी, जसले पदलाई होइन, सेवालाई आफ्नो पहिचान बनाए ।
पर्यटन व्यवसायीको रूपमा विश्वमा गोरखा र नेपालकै पहिचान फैलाउने एउटा अनुहार । आफ्नै नेतृत्वमा रहेको सम्भव नेपालमार्फत शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा परिवर्तनको बीउ रोप्ने एउटा अभियन्ता । पदमा नहुँदा पनि जसले जनताको सेवा नै पहिलो धर्म ठान्यो– उनी हुन्, प्रेमकुमार खत्री ।
आरुघाटको भीमोदय माविमा पढ्दा नेपाल विधार्थी संघबाट राजनीतिक करिअर शुरु गरेका प्रेमकुमार खत्री अहिले नेपाली कांग्रेसको महासमिति सदस्य छन् । पार्टीभित्र पनि सधै युवा र परिवर्तनको वकालत गर्ने उनलाई अहिले पार्टीले गोरखा क्षेत्र नम्बर एकमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएर सिङ्गो गोरखालीको भविश्य कोर्ने जिम्मेवारी सुम्पिएको छ ।
२०७२ को विनाशकारी गोरखा भूकम्प सम्झनुहोस् त । जब गोरखा रोइरहेको थियो, ध्वस्त भएको थियो, सयौँले ज्यान गुमाएका थिए, हजारौँ घाइते छट्पटाइरहेका थिए । करिब सबै नै घरबार विहीन भएको अवस्था थियो । तब, प्रेमकुमार खत्री र उनको टिम उद्धार, राहत र आशा बोकेर गोरखाका डाँडाँकाँडा चहारिरहेको थियो । याद गर्नुहोस् हामी सबैले भोगेको अर्को संकट, कोभिड र लकडाउनको समय । जब सारा विश्व घरभित्र लुकेको थियो । तर, गोरखाको एउटा छोरो जो आफ्नो ज्यान हत्केलामा राखेर गाउँगाउँमा एम्बुलेन्स, औषधि र अक्सिजन लिएर पुग्यो ।
त्यतिबेला नै उनले खाद्यान्न र स्वास्थ्य सामग्री मात्र होइन, गोरखाका ११ वटै स्थानीय तहमा १३ वटा एम्बुलेन्स उपलब्ध गराएर हजारौँको ज्यान बचाए । ७ वटा स्वास्थ्य चौकीमा सुविधासम्पन्न ल्याब स्थापना गरेर गाउँमै उपचारको जग बसाले । उनी प्रेमकुमार खत्री, केवल एउटा नाम मात्र होइन, यो एउटा अटुट भरोसाको प्रतीक हो ।
२२ वर्षकै उमेरबाट व्यवसायसंगै सामाजिक काम थालेका उनको सेवाको हात कहिल्यै रोकिएनन् । ३५ हजार विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा, अनि दर्जनौँ जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षासम्मको जिम्मेवारी । आमाको स्मृति र अरु विभिन्न शीर्षकमा कैयौँ विधालयमा अक्षय कोष, करोडौं खर्चेर गाउँ गाउँमा विद्यालय भवनदेखि होस्टलसम्म उभ्याए । यो एउटा व्यक्तिको प्रयास मात्र थिएन, यो त गोरखाको भविष्यप्रतिको लगानी थियो । कैयौं विपन्न परिवारको आफ्नै घर निर्माण गरिदिँदा होस् वा बाढीपहिरो र आगलागीमा परेका घरहरूलाई छानाको ओत दिँदा– उनी सधैँ जनताको आँसु पुछ्ने सारथी बनिरहे ।
महिलालाई आत्मनिर्भर बनाउन ३ सयभन्दा बढी समूहलाई सहयोग, युवाहरूको प्रतिभा निखार्न गाउँगाउँका क्लबहरूलाई खेलकुद सामग्री । सबैका परम्परा, धर्म संस्कृति बचाउन बिभिन्न पहल गरेका व्यक्ति । उनको परिचय भाषणमा होइन, यी हजारौँ उपकारका कथाहरूमा भेटिन्छन् ।
व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका प्रेमकुमार खत्री स्पष्ट वक्ता, कुशल व्यवस्थापक, प्रखर वक्ता र समाजसेवीका रुपमा समुदायमाझ परिचित छन् । पर्यटन, उर्जा र कृषि क्षेत्रमा लगानी गरेर सयौं युवालाई प्रत्यक्ष रोजगारीमा जोडेका उनले ३० वटाभन्दा बढी देशमा पुगेर त्याहाँको विकास र संमृद्धिलाई नजिकबाट बुझेका छन् ।
कुरा होइन, काम । भाषण होइन, कर्म गर्नुपर्छ भन्नेमा विश्वास राख्ने प्रेमकुमार खत्री आज सारा गोर्खालीले स–प्रेम गर्ने पात्रका रुपमा सावित भएका छन् । १५ वर्षअघिदेखि तपाई हाम्रो सेवा गरिरहेको ४१ वर्षीय प्रेमकुमार खत्रीलाई अब तपाई हामी सबैले यो समाज निर्माणका लागि थप जिम्मेवारी दिएर पठाउने समय आएको छ । जसलाई यो माटोले चिनेको छ, तपाई हाम्रो पिर मर्का बुझ्न सक्छ, संकटमा साथ दिएको छ, पढेलेखेको छ । जसले संसारको विकास देखेको छ, घुमेको छ, संसद र सरकारमा गएर काम गरेर देखाउने क्षमता राख्छ । गोरखा कांग्रेसका कार्यकर्ताहरू भन्छन्, ‘आउनुहोस्, गोरखाको यो भरोसालाई अब नेतृत्व सुम्पौँ ।’
‘आउँदो फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीलाई रुख चिन्हमा मतदान गरी भारी मतले विजयी गराऔँ,’ गोरखा कांग्रेसका कार्यकर्ताहरूले अपील गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया