झापा ५ मा बालेनको पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश

दमक । झापा निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन् ।

सोमबार झापाको दमकमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय प्रतिनिधि परिषद सदस्य भरत खनाल सहितका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई ओलीले एमालेमा स्वागत गरेका हुन् ।

एमाले प्रवेश गर्ने युवाहरूले नेपालको राष्ट्रियता, विकास र सुशासनका लागि एमाले बाहेक अरु विकल्प नभएको बताएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत रहेका एमाले अध्यक्ष ओली दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमक नगरपालिकाभित्रका विभन्न कार्यक्रमहरूमा सहभागिता जनाएका छन् ।

झापा ५ मा एमालेका अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता एवम् पूर्व मेयर बालेन्द्र साह (बालेन)बीच प्रतिस्पर्धा हुन लागेको छ । अन्य दलबाट उम्मेदवारहरू रहे पनि ओली र बालेनबीच नै अन्तिम प्रतिस्पर्धा हुने चर्चा छ ।

Published : Monday, 2026 February 16, 4:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया