बदलीयको कांग्रेसका सभापति र उपसभापतिले नै बुझ्न मानेनन् सर्वोच्च अदालतको म्याद
काठमाडौं । विधि र प्रणाली बसाउने भन्दै बदलीयको कांग्रेसको दुवाई दिँदै आएका गगनकुमार थापा र विश्वप्रकाश शर्माले कानून अनुसार अदालतको म्याद तामेली गर्न मानेका छैनन् ।
भृकुटीमण्डपमा भएको अवैधानिक भेलाविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवहाक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट अनुसार दुवै पक्षलाई छलफलमा बोलाउने आदेश सर्वोच्चले गरेको थियो ।
सर्वोच्च अदालतले अग्राधिकार सहित प्राथमिकतामा राखेर आदेश गरेर १५ दिन भित्र जवाफ नै फर्काउने आदेश भएकोमा थापा र शर्मा दुवैले म्याद समेत बुझ्न मानेका छैनन् ।
सर्वोच्चका तामेलिदारले पटक पटक उनीहरुलाई म्याद बुझ्नका लागि सम्पर्क गर्दा पनि उनीहरु विभिन्न बहाना बनाउने र ढाँट्ने गरेको उनले बताए ।
‘आदालनको आदेश अनुसार १५ दिनभित्र म्याद बुझोर जवाफ फर्काउनु पर्नेमा म तीन हप्तादेखि उहाँहरु दुवै जनालाई सम्पर्क गरिरहेको छु । उहाँहरु म्याद बुझ्नै मान्नु हुन्न्,’ सर्वोच्च प्रशासनका ती मामेलीदारले भने, ‘अदालतको आदेश अनुसारको म्याद सबैले बुझ्नु पर्छ । उहाँहरु सुपर मानव त होइन । उहाँहरुले किन यस्तो गर्नु भएको छ बुझनु सकिएको छैन ।’
थापा र शर्माले म्याद नबुझ्दा अदालती प्रक्रिया अवरोध भएको छ । सर्वोच्चले अवको केही दिनभित्र पनि म्याद नबुझे पत्रिकामा सूचना निकाल्ने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया