अध्यक्ष ओली र पूर्वप्रधानमन्त्री खनालबीच भेट, ठूलो समूह एमालेमा फर्किने
काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
मंगलबार भक्तपुरको गुण्डुस्थित निवासमा ओलीलाई भेट्न नेता खनाल पुगेको एमालेका नेता महेश बस्नेतले बताएका छन् । ओली र खनालबीचको भेट सकारात्मक रहेको बस्नेतले बताए ।
ओली र खनालबीचको भेटलाई पुराना एमाले नेताहरूबीचको सम्बन्ध सुधार भइरहेको सङ्केत दिएको बस्नेतले बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण हुन थालेको छ । पार्टी एकीकरणलाई पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालसहितका अन्य नेताहरूले रुचाएका छैनन् । खनालसहितका नेताहरू एमालेमा फर्किन चाहेका छन् । सोही प्रयास स्वरुप नेता खनालले एमालेका अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता÷कार्यकर्ता पनि एमालेमा फर्किने तयारीमा रहेको चर्चा छ ।
प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरू एमाले फर्किँदा हुन सक्ने कानूनी जटिलता (दलफेर सम्बन्धि कानून, पद गुम्ने सम्भावना)बारे कानूनी सल्लाह चलिरहेको एमालेका नेता बस्नेतले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया