सिटौलाद्वारा गगनलाई प्रश्न– फेसबुकले सभापति छान्ने हो ? चरित्र सुधार्नुस्, फेसबुकमा लेख्न लगाउने के पारा हो ?
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापालाई फेसबुकबाट पार्टी सभापति छान्ने हो भन्दै प्रश्न गरेका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सिटौलाले थापालाई प्रश्न गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेर पार्टी कब्जा गर्न खोजेको हो ? भनेका छन् । सिटौलाले थापालाई फेसबुकबाट सभापति छान्ने हो ? भनेर प्रश्न पनि गरेका छन् ।
नेता सिटौलाले महामन्त्री थापालाई फेसबुकमा नेतालाई गाली गर्ने सचिवालय बन्द गर्न पनि चेतावनी दिएका छन् । आफ्नो चरित्र नसुधारे प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने नेता सिटौलाले बताएका छन् ।
आफूले गर्नुपर्ने कुरा बैठकमा भित्र राख्न र बाहिर सामाजिक सञ्जालमा छताछुल्ल अवस्थामा नराख्न सिटौलाले महामन्त्री थापालाई सुझाव दिएका छन् ।
‘आफ्नो चरित्र सुधार्नुस् । भित्र नबोल्ने, बाहिर गएर फेसबुकमा लेख्न लगाउने ? के पारा हो,’ नेता सिटौलाले भने, ‘तपाईं आफू महामन्त्री हो भन्ने कुरा थाहा छ कि छैन ?’
महामन्त्री थापाले साइबर सेना बनाएका छन् । थापाविरुद्ध कुनै नेताले बोल्दा होस् वा समाचार आयो भनेर ती साइबर सेनाले अपशब्दसहित कमेन्ट गर्ने, स्टाटस लेख्ने लगायतका अराजक गतिविधि गर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया