गगनको कार्यतालिका कांग्रेसलाई चुनावमा रोक्ने गरी आएपछि सह-महामन्त्री यादवद्वारा महाधिवेशनको अर्को मिति प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७, २८ र २९ गतेका लागि १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सह–महामन्त्री यादवले फागुन २१ गतेको मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर वैशाख २७ देखि २९ सम्म १५औँ महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।

महामन्त्री गगनकुमार थापाले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने दिन पुस १८ र १९ गतेलाई बिथोल्ने गरेर पुस १६ देखि १९ गतेसम्मको अव्यवहारिक मिति प्रस्ताव गरेपछि सह–महामन्त्री यादवले नयाँ मिति प्रस्ताव गरेका हुन् । जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गतेका लागि चुनवाको मिति घोषणा गरिसकेको छ । कांग्रेसलाई निर्वाचनमा केन्द्रित बनाउने समयमा महामन्त्री थापाले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने दिनलाई बिथोल्ने गरेर महाधिवेशनको मिति प्रस्ताव गरेपछि थापाको दुरदर्शी राजनीति कति छ भन्ने कुरा प्रष्ट भएको छ ।

सह–महामन्त्री मंसिर २० गतेसम्म क्रियाशील नवीकरण र पौष ५ गतेसम्म नयाँ वितरण तथा पौष २० गतेसम्म निर्वाचन समितिलाई क्रियाशील हस्तान्तरणको कार्यक्रम प्रस्ताव गरेका छन् ।

सह–महामन्त्री यादवले चैत्र १ गते वडा अधिवेशन, चैत्र ५ गते पालिका अधिवेशन, चैत्र १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत्र २० गते संघीय क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् ।

चैत्र ३० गते जिल्ला अधिवेशन र वैशाख १५ गते सात प्रदेशको अधिवेशन सह–महामन्त्री यादवले प्रस्ताव गरेका छन् । त्यसपछि २०८३ सालको वैशाख २७ देखि २९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशनको मिति प्रस्ताव भएको एक केन्द्रीय सदस्यले बताएका छन् ।

Published : Tuesday, 2025 November 4, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया