समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने दिने गगनद्वारा महाधिवेशनको मिति प्रस्ताव, कांग्रेसलाई चुनावमा रोक्ने प्रयास

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन भनेकै दिन १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले फागुन २१ गतेको निर्वाचनलाई बिथोल्ने गरेर कांग्रेसको महाधिवेशनको कार्यक्रम प्रस्ताव गरेका छन् । थापाले निर्वाचनलाई भन्दा पनि कांग्रेसको महाधिवेशनलाई ध्यान दिएका छन् । थापाले निर्वाचनलाई बिथोल्ने गरेर गतिविधि गरिरहेको पुष्टि भएको छ ।

महामन्त्री थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन प्रस्ताव गरेका छन् । निर्वाचन आयोगले पुस १८ र १९ गते समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन कार्यतालिका सार्वजनिक गरिसकेको छ । महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्मको महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि उनको बौद्धिकता र कार्यक्षमतामा गम्भीर प्रश्न उठेको छ ।

महामन्त्री थापाले कांग्रेसलाई अन्तरिम सरकारद्वारा फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनमा जानबाट रोक्ने गरेर १५औँ महाधिवेशनको मिति प्रस्ताव गरेपछि थापा कहाँबाट सञ्चालित छन् भनेर कांग्रेसका नेता, कार्यकर्ताहरूले प्रश्न उठाएका छन् ।

निर्वाचनका बेला कांग्रेस एकताबद्ध भएर होमिनुपर्ने बेला निर्वाचनको कार्यतालिकालाई बिथोल्ने गरेर महामन्त्री थापाले गतिविधि गरेका छन् ।

त्यसअघि मंसिर २७ गते वडा अधिवेशन र पुस ५–६ क्षेत्रीय प्रतिनिधि चयन गर्नेगरी अघि बढेर पुस १६ गतेदेखि नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । महामन्त्री थापा संयोजकत्वको क्रियाशील सदस्यता विवाद समाधान समितिले काम गर्न सकेको छैन । ३/४ वटा जिल्ला बाहेक अन्य जिल्लामा क्रियाशील सदस्यताको विवाद यथावत छ ।

Published : Tuesday, 2025 November 4, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया